काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा।रामवरण यादवले अहिले पनि लोकतन्त्र खतरामा रहेको सुन्दा आफूलाई चिन्ता लागेको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै यादवले मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे चिन्ता गरेका हुन् ।
‘विद्यार्थी कालदेखि नै अधिकार प्राप्तिका लागि म लडाइँ लड्दै आएको हुँ । अहिले ८२ वर्षको भएँ अझै पनि लोकतन्त्र खतरामा छ भनेर सुन्दा नराम्रो लागेको छ’, उनले भने, ‘अर्को पुस्ताले लडाइँ लड्न पर्दैन भनेर हामीले आन्दोलनमा होमिएका हौँ । मलाई लाग्छ कि मानव सभ्यता उल्टो गेयरमा गइराखेको छ कि जस्ता लागिरहेको छ । बडा नैतिकताको खडेरी छ ।’
नेपाल मात्रै होइन संसारभर अहिले लोकतन्त्र क्षयीकरण हुँदै गएकोमा पनि यादवले चिन्ता व्यक्त गरे । विश्वको आधाभन्दा बढी देशहरूमा निर्वाचन भए पनि त्यसले सुखद परिणाम नदिएको उनले बताए ।
विश्वकै ठुलो प्रजातान्त्रिक मुलुक भारतमा घृणाको राजनीति बढ्दै जानु, विश्व शक्तिमान राष्ट्र अमेरिकामा डोनाल्ड ट्रम्पको पुनरोउदयले लोकतन्त्र खतरामा रहेको यादवले सङ्केत गरे ।
यस्तै उनले पत्रकारले व्यवसायी धर्म छोड्न नहुने बताएका छन् । डाक्टर, राजनीतिज्ञ, वकिलले, पत्रकारले व्यवसायी धर्म छाडे त्यो व्यापार हुने भन्दै उनले यस बाटोमा गए प्रतिष्ठा नष्ट हुनेतर्फ सचेत गराए ।