२०८१ पौष ७, आइतवार , ०९:२९:४३ बजे

Sajhamanch
'

पोल्यान्ड र सिङ्गापुर पठाइदिने भन्दै २२ लाख ३० हजार रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

बिहिवार, पौष ४, २०८१

काठमाडौं । वैदेशिक रोजगारीमा पोल्यान्ड र सिङ्गापुर पठाइदिने भन्दै २२ लाख ३० हजार रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा धनुषाको गणेशमान चारधाम नगरपालिका–४ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने ३८ वर्षीय राजकुमार चौधरी र धनुषाको मटिहानी नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–९ गौशाला बस्ने ३९ वर्षीय रूपेशकुमार चौधरीले रहेका छन् ।

राजकुमारले पोल्यान्ड पठाइदिने भन्दै दुई जनाबाट ६ लाख ३० हजार र रूपेशकुमारले सिङ्गापुर पठाइदिने भन्दै एक जनाबाट १६ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

राजकुमारलाई काठमाडौंको काँडाघारी र रूपेशकुमारलाई काठमाडौंको टेकुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताए।