२०८२ पौष १ मङ्गलवार , ०७:३०:०२ बजे

Sajhamanch
'

स्रोत नखुलेको २६ लाख ५० हजार नगदसहित काठमाडौंबाट चार जना पक्राउ

बिहिवार, पौष ४, २०८१

काठमाडौं । स्रोत नखुलेको २६ लाख ५० हजार रुपैयाँसहित काठमाडौंबाट चार जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीस्थित श्री बालाजी इम्पोर्ट प्रालिबाट प्रहरीले बुधबार चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

उक्त प्रालिका सञ्चालक गुल्मीका ५२ वर्षीय भेषराज पाण्डे, भारको राजस्थान बस्ने ५२ वर्षीय बसन्तकुमार राठी, कमलपोखरी बस्ने ३५ वर्षीय प्रनिश थापा र ५२ वर्षीय सुरेश अधिकारी पक्राउ परेका हुन्।

बालाजी इम्पोर्टमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा परिसर र प्रहरी वृत्त गौशालाबाट प्रहरी खटिएको थियो।

उक्त टोलीले कोठाबाट २६ लाख ५० हजार नगद, पाँच वटा मोबाइलसहित चार जनालाई पक्राउ गरेको एसपी अधिकारीले बताए। प्रहरीले यसबारे थप अनुसन्धान अघि बढाएको छ।

सम्बन्धित खबर