२०८१ मंसिर ३०, आइतवार , ०९:३०:४१ बजे

Sajhamanch
'

ओलीको दिव्यदृष्टि पुस्तकको भद्रपुरमा लोकार्पण

शनिवार, मंसिर २९, २०८१

भद्रपुर । कुलत विरूद्धका अभियन्ता इन्द्रप्रसाद ओलीले लागु पदार्थ दुव्र्यसन न्यूनीकरण सम्बन्धी तयार पारेको चेतनामुलक पुस्तक दिव्य दृष्टिको आज भद्रपुरमा लोकार्पण गरिएको छ ।

चेतना नेपालको आयोजना तथा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा सो पुस्तक लोकार्पण गरिएको हो ।

चेतना नेपालका सचिव दाताराम सिटौलाको अध्यक्षमा सम्पन्न कार्यक्रममा पुस्तकको समीक्षा गर्दै सहप्राध्यापक तारा विविधले कृतिभित्र कहिलेदेखि र कहाँबाट नेपाली समाजमा लागु औषधको प्रकोप प्रवेश गर्यो भनेर खोज्ने प्रयास गरिएको जनाए ।

उनले नेपालमा लागु औषध ल्याउने र नेपाली युवा युवतीहरूलाई विनाशकारी कुलतले खासगरी नष्टभ्रष्ट तुल्याउने अवस्था बढ्दो रहेको संकेत नै अहिलेको समाजको चित्रसित कथानक बनेको प्रष्ट पारे ।

समीक्षक विविधले दुव्र्यसन रोकथाम गर्ने आवश्यकता दुव्र्यसनी भएका पीडित घर परिवारले गरिरहेको भए पनि समाज र राष्ट्रको नेतृत्व गर्ने अगुवाहरूको प्राथमिकतामा नपरेसम्म तीब्र गतिमा दुव्र्यसन बृद्धि भइरहेको पुस्तकले चिन्ता रहेको जानकारी दिए ।

पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराइले सहजीकरण गरेको कार्यक्रममा प्रमुख अतिथि राज्यमन्त्री राजवंशीले लागु औषध प्रयोगका कारण सभ्य समाजले विनाशतिरको गन्तव्य तय गरिरहेको भन्दै युुवापिंढीलाई भोलिको नेपाल ‘जिउँदा लासहरूको देश’ बनाउने अन्धकारमा जान दिन नहुने धारणा राखे ।

कल्पना भट्टराईले स्वागत गरेको कार्यक्रममा कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले लागु पदार्थको जीवनघाती कुलतमा फँसेका छोराछोरीका अभिभावकका पीडा र मानसिक यातनाका भारीहरू देखेर कुलतमुक्त छोराछोरीका अभिभावकहरू पनि त्यस्तै हुने हो कि भनेर समाजमा संत्रस्त रहेको बताउँदै त्यस्तो वातावरण अन्त्य गर्न सबैको हातेमालो आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा लेखक, साहित्यकार तथा झापाका अग्रज पत्रकार नकुल काजीलाई अभिनन्दनसमेत गरिएको थियो ।

यसअघि उनले लागुऔषध सम्बन्धी नै विभिन्न पुस्तकहरु प्रकाशित गरेका थिए । नेपाल प्रहरीमा लामो समय सेवा गरी लागूऔषध दुव्र्यसन नियन्त्रणको क्षेत्रमा २०५६ सालदेखि लेखक ओली क्रियाशील छन् ।

प्रहरी नायव निरीक्षक पदबाट उनले २०६२ सालमा स्वेच्छिक अवकास लिएका थिए । त्यसयता झापामा रहेर लागूऔषध दुव्र्यसन विरूद्ध विभिन्न चेतनामुलक कार्यक्रम गरिरहेका ओली धार्मिक जागरण अभियानमा समेत कृयाशील छन् ।

सम्बन्धित खबर