२०८१ मंसिर २६, बुधवार , ०७:४७:२२ बजे

Sajhamanch
'

‘शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक आफैं सिर्जनशील हुनुपर्नै’ प्रधानमन्त्री ओली

बुधवार, मंसिर २६, २०८१
  • गोपीचन्द्र मिश्र

तेह्रथुम । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञान हस्तान्तरण गर्न र शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक आफैं सिर्जनशील भएर लाग्नुपर्ने बताएका छन् ।

आज बुधबार तेह्रथ्म जिल्लाको आठराई इवास्थित श्री प्रणामी माविको ७३औं वार्षिकोत्सव तथा १८कोठे पक्की भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

आफूले कक्षा ४ सम्म पढेको विद्यालयमा आइपुगेका एमाले अध्यक्ष ओलीले भौतिकरुपमा मात्र धनी भएर विद्यालय राम्रो नहुने भएकाले शैक्षिक गुणस्तर सुधार गर्न विद्यालय परिवारलाई सुझाव दिए ।

ओलीले यसभन्दा पहिले आफू प्रधानमन्त्री हुँदा शिलन्यास गरिएको सुकेपोखरी प्रणामी मावि हुँदै भानु आविसम्मको सडक निर्माणको काम सुरु भएर पनि हालसम्म नसकिएकोले भुक्तानी बाँकी भए पैसा निकासा नभए ठेक्केदारलाई तत्काल सम्पर्क गर्न सुझाए ।

आजै उनले आठराई गाउँपालिकाको निर्माणाधिन अस्पतालको निरीक्षण गरी निर्माण कार्य लगायतका कार्यमा चासो व्यक्त गरेका थिए । उनले भने, ‘आफूले थालेका विकास निर्माण कार्य केही वर्ष सुस्ताएका थिए, देश नै सुस्ताएको थियो । अब गति लिन्छ, देशको अर्थतन्त्र चलायमान हुन्छ ।’

यसैबीच प्रधानमन्त्री ओलीले तत्कालै विद्यालयलाई १०० थान बाद्यवादन सामग्री उपलब्ध गराउने वचन दिएका छन् ।

सम्बन्धित खबर