२०८१ पौष ७, आइतवार , ०७:१७:२९ बजे

Sajhamanch
'

स्वास्थ्य मन्त्रालयले गुनासो सुन्न ल्यायो ‘हेल्लो स्वास्थ्य’ कल सेन्टर

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुनासो सुन्नका लागि ‘हेल्लो स्वास्थ्य’ कल सेन्टर सञ्चालनमा ल्याएको छ। स्वास्थ्य मन्‍त्रालय तथा मातहतका स्वास्थ्य संस्थाको सेवा सम्बन्धी गुनासो गर्न हेल्लो स्वास्थ्यको सुरुवात गरेको हो।

बिहान ८ बजदेखि बेलुकी ८ बजेसम्म १११५ नम्बरमा फोन गरेर गुनासो टिपाउन सकिने मन्त्रालयले जनाएको छ। यसैगरी @mohpnep र भाइबर नम्बर ९८५१३३०५९२, मन्त्रालयको फेसबुक तथा एक्स, इमेल [email protected] साथै सोझै मन्त्रालयमा वा हुलाक मार्फत मन्त्रालयमा तपाईंले आफ्नो गुनासो पठाउन सकिने पनि जनाएको छ।

सम्बन्धित खबर