विराटनगर । मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंसिर १७ गते दिउँसो विराटनगर-१५ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेका मोरङको पथरी शनिश्चरे नगरपालिका-१ का २२ बर्षीय धिरज गुरुङ, २४ बर्षीय नवराज मगरलाई २ ग्राम ४ मिलिग्राम ब्राउनसुगर सहित र कटहरी गाँउपालिका-१ का २४ बर्षीय आकाश परियार, १५ बर्षीय बालकलाई १ ग्राम २५ मिलिग्राम ब्राउनसुगर सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
यसैगरी मोरङको विराटनगर महानगरपालिका-१८ झटियाहि स्थितमा वेवारिसे अवस्थामा रहिको को.२ ह १९६९ नम्बरको अटोमा राखेको ६० किलोग्राम लागुऔषध गाँजा बरामद भएको छ भने सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-५ स्थितबाट प्रहरी चौकी चिरौलीचोक बाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-१५ का २१ बर्षीय सनिल राईलाई ५८ किलो ३ सय ग्राम लागु औषध गाँजा सहित नियन्त्रणमा लिएको छ ।
प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान तथा कानूनी कारबाही भई रहेको छ ।