२०८१ मंसिर १९, बुधवार , ०७:१६:२३ बजे

Sajhamanch
'

कोशी एमालेको प्रमुख सचेतकमा लिङ्थेप

मङ्गलवार, मंसिर १८, २०८१

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी विदुर लिङ्थेपले पाएका छन् ।

संखुवासभाबाट निर्वाचित प्रदेश सांसद लिङ्थेपलाई सोमबार कोशी प्रदेश एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रमुख सचेतकको जिम्मेवारी प्रदान गरेका हुन् ।

यसअघि उक्त जिम्मेवारीमा रहेका रेवतीरमण भण्डारी आन्तरिक मामिला तथा कानुनमन्त्री बनेपछि प्रमुख सचेतककाे जिम्मेवारी लिङ्थेपले पाएका हुन् ।

मङ्गलवार, मंसिर १८, २०८१ | प्रदेश, राजनीति