कमल । अन्तर्राष्ट्रिय गुणस्तर सर्कलका विद्यार्थीहरुको सम्मेलन (कन्भेन्सन अन स्टुडेण्ट)मा भाग लिन आइतवार साँझ नेपाली विद्यार्थी र शिक्षकहरुको टोली भारतको लखनउ प्रस्थान गरेको छ ।
विश्वकै ठूलो विद्यालय सिटी मन्टेश्वरी स्कूल लखनउमा आयोजना गरिएको सम्मेलनमा भाग लिन नेपालबाट शिक्षक र विद्यार्थीहरु गरी ३०२ जनाको टोली लखनउ प्रस्थान गरेको जनाइएको छ ।
क्वेस्ट नेपाल QUEST NEPAL को समन्वयमा यही मंसिर १८ गतेदेखि २२ गतेसम्म लखनउमा हुने गुणस्तर सर्कलका विद्यार्थीहरुको सम्मेलनमा नेपाल लगायत विश्वका विभिन्न देशबाट सहभागी विद्यार्थीहरु बीच प्रतिष्पर्धा हुने छ ।
गुणस्तर सर्कलमा केस स्टडी र प्रस्तुति, वादविवाद प्रतियोगिता, नुक्कड नाटक, क्वलिट क्विज, पोष्टर एण्ड स्लोगन मेकिङ, कलेज मार्किङ लगायत विषयमा प्रतियोगिता हुने छ । विश्वभरबाट सो कार्यक्रममा सहभागी हुन आएका विद्यार्थीहरु बीच उक्त प्रतिपष्र्धा हुने क्वेस्ट नेपाल झापा हवका संयोजक गुणराज गिरीले बताए ।
सम्मेलनमा भाग लिन झापाको कमल गाउँपालिका वटा नं. ५ मा रहेको स्मारिका सामुदायिक विद्यालयबाट पनि ७ जना विद्यार्थी र २ जना शिक्षकसहित झापाबाट ५२ जना लखनउ प्रस्थान गरेका छन् ।
क्वेस्ट नेपालका संयोजक गिरीका अनुसार सम्मेलनमा भाग लिन जाने विद्यार्थीलाई अविभावक र शिक्षकले अवीर र खादा लगाएर आइतबार साँझ विदाई गरेका थिए ।
सो सम्मेलनमा सहभागी विद्यार्थीहरुको आत्मबल बढ्नुका साथै एकआपसमा अनुभव आदान प्रदान हुने तथा गुणस्तरीइ शिक्षाको प्रवर्धनका लागि ठूलो सहयोग पुग्ने बताइएको छ ।