२०८१ मंसिर १३, बिहिवार , ०२:५२:४३ बजे

Sajhamanch
'

निर्माण सामग्रीका लागि दरभाउ पत्र आह्वान

शनिवार, मंसिर ८, २०८१

द. नं. ३५/२०६४/०६५

सञ्जिवनी बचत तथा ऋण सहकारी संस्था लि.
बिर्तामोड ४, झापा

निर्माण सामग्रीका लागि दरभाउ पत्र आह्वान

सूचना प्रकाशन मिति २०८१/०८/०८

यस सञ्जिवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोड ४ झापाले बिर्तामोड नगरपालिका वडा नं. ४ कित्ता नं. ४४५ ज. वि. १३ दशमलव २५ धुरमा ४२७५ वर्गफुट क्षेत्रफलको तीनतले कार्यालय भवन निर्माण गर्नुपर्ने भएकोले संस्था सञ्चालक समिति बैठकले निर्णय गरी गठन गरिएको भवन निर्माण समितिको मिति २०८१ मंसिर ८ गते बसेको बैठकको निर्णयानुसार भवन निर्माणका लागि तपसिलका सामग्रीहरुको आवश्यक पर्ने हुँदा आफूले उपलब्ध गराउन सक्ने दररेट सहितको शिलबन्दी दरभाउ पत्र यो सूचना प्रथमपटक प्रकाशन गरिएको सात दिनभित्र उपलब्ध गराउन आह्वान गरिएको छ ।

इच्छुक निर्माण सामग्री आपूर्तिकर्ताहरुले संस्थाको मुख्य कार्यालय बिर्तामोड ४ झापाको सूचना पाटीमा र साझामञ्च डटकम अनलाइनमा यो सूचना प्रकाशन भएको सातौं दिन कार्यालय समयभित्र तपसिलमा उल्लेखित निर्माण सामग्रीको शिलबन्दी दरभाउ पेश गर्नुहुन र भवन निर्माणसँग सम्बन्धित बिस्तृत जानकारी संस्थाको कार्यालयबाट लिन सकिने छ । दरभाउ पत्र स्वीकृत वा अस्वीकृत गर्ने अन्तिम अधिकार संस्थामा निहित रहनेछ ।

तपसिल :

– भवन निर्माण समिति

सम्बन्धित खबर