विराटनगर । झापा, मोरङ र सुनसरीबाट प्रतिवन्धित औषधी सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंसिर १० गते बिशेष सुचनाको आधारमा झापाको इलाका प्रहरी कार्यालय दमक र अस्थायी प्रहरी पोष्ट बाह्रघरेबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-७ का ३८ बर्षीय संदेश बस्नेतलाई उनकै घरबाट ट्रामाडोल ४ हजार ९३० क्याप्सुल, स्पास्पेन ५ हजार २६ क्यापसुल डिकोलिक ४ २० क्याप्सुल सहित पक्राउ गरेको छ भने प्रहरी चौकी कुन्जिबारीको गस्ती टोलीले गौरीगंज गाउँपालिका-१ का २१ बर्षीय उत्तम राजबंशी, १९ बर्षीय गोबिन्द राजबंशी र किरण कोच समेतलाई ९०० मिलिग्राम ब्राउन सुगर, नाईट्राक्रस ८० ट्याव्लेट सहित नियन्त्रणमा लिएको छ ।
यसै गरी सोही दिन सुनसरीको बराहक्षेत्र नगरपालिका-७ का १८ बर्षीय सुजन तामाङ, १८ बर्षीय पर्वत तामाङ र मोरङ बेलबारी-१ का १८ बर्षीय सारुहाङ राईलाई ट्रामाडोल ९५ क्याप्सुल र स्पास्पेन ९५ क्याप्सुल सहित अस्थायी प्रहरी चौकी बाङ्गेले र बेलबारी-२ का २० बर्षीय राकेश लिम्वुलाई बिराटनगर बसपार्कबाट ७९ वटा एम्पुल (फेनारगन, एभिल, डाईजेपाम) सहित सहित वडा प्रहरी कार्यालय विराटनगरले नियन्त्रणमा लिएको छ ।