२०८१ मंसिर १०, सोमवार , १२:०३:१३ बजे

Sajhamanch
'

सुन तोलामै १५ हजार ९०० ले घट्यो

सोमवार, मंसिर १०, २०८१

काठमाडौं । हिजो आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार २०० रुपैयाँ थियो । तर आजको लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३०० रुपैयाँ निर्धारण गरेको छ । एकै दिन सुन तोलामै १५ हजार ९०० ले घटेको हो ।

‘सरकारले सुन आयातमा १० प्रतिशत भन्सार दर कायम गरेपछि सोही अनुसार आज सोमबारदेखि मूल्य समायोजन गरिएको हो’ महासंघका अध्यक्ष अर्जुन रसाइलीले बताएका छन् ।

सरकारले सुनको भन्सार दरलाई २० बाट १० प्रतिशतमा झारेपछि सो दरको प्रभाव आज सोमबार नै प्रत्यक्षरुपमा परेको हो ।

‘भारतबाट सुन तस्करी भएर नेपालमा नआओस् भन्ने उद्देश्यले दर घटाउने निर्णय भएको हो,’ भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले भने । सरकारले बजेटमार्फत १५ प्रतिशत रहेका भन्सार दर २० पुर्याएको थियो ।

उता, भारतमा भने पूर्ण बजेट आउँदा भन्सार दर घटेको थियो । त्यसले नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको थियो । यसले बजारमा तस्करीको सुन आएको आशंका गरिएको छ ।

औपचारिक प्रणालीबाट आउने सुनको परिमाणमा भारी गिरावट देखिए पछि सरकारले भन्सारको दरमा नै हेरफेर गरिदिएको हो ।

सम्बन्धित खबर