२०८१ मंसिर २६, बुधवार , ११:३७:०६ बजे

Sajhamanch
'

रुसमा पहिलोपटक युक्रेनको लामो दूरीको क्षेप्यास्त्र आक्रमण

बुधवार, मंसिर ५, २०८१

युक्रेनले रुसको ब्रायन्स्क सीमा क्षेत्रमा रहेको सैन्य शिविरमा अमेरिकाले आपूर्ति गरेको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको रुसी सेनाले जनाएको छ । यो आक्रमण अमेरिकाले आफ्नो हतियार प्रयोग गर्न अनुमति दिएपछिको पहिलो भएको रुसको दाबी छ ।रुसी सैन्य मन्त्रालयका अनुसार ब्रयान्स्क क्षेत्रमा युक्रेनले ६ वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । युक्रेनले महिनौँदेखि अमेरिकासँग रुसमा आक्रमण गर्न लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्न दिन माग गर्दै आएको थियो ।

रुसको रक्षा मन्त्रालयले आफ्नो हवाई सुरक्षाले पाँचवटा क्षेप्यास्त्र खसालेको र छैटौँको टुक्रा भने सैन्य क्षेत्रमा खसेर आगलागी भएको बताएको छ । मानवीय क्षति भने नभएको खबरमा उल्लेख छ ।

यसैबीच, मस्कोले रुसको अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्षेत्रमा आक्रमण गर्न पश्चिमी हतियारको प्रयोगले अमेरिकालाई द्वन्द्वमा प्रत्यक्ष सहभागी बनाउने र उचित र स्पष्ट जवाफ दिने चेतावनी दिएको छ । एजेन्सी

सम्बन्धित खबर