२०८२ वैशाख ४, बिहिवार , ०३:१४:५४ बजे

Sajhamanch
'

काठमाडौंमा १० डिग्री सेल्सियसबाट तल ओर्लियो तापक्रम

मङ्गलवार, मंसिर ४, २०८१

काठमाडौंं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसबाट तल झरेको छ ।सोमबार १०.५ डिग्री सेल्सियस मापन भएकामा आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेर ९.९ डिग्री सेल्सियस मापन भएको हो। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार मंगलबार बिहान पौने ९ बजेको रेकर्ड भएको योे न्यूनतम तापक्रम यो वर्षकै कम हो।

न्यूनतम तापक्रम घटेसँगै चिसो बढ्दै गएको छ । यस्तै आज काठमाडौं उपत्यकामा हल्का बदली भए पनि सामान्यतया मौसम सफा नै रहनेछ। त्यस्तै कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। अन्य भूभागको मौसम भने सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ।

सम्बन्धित खबर

आजको मौसम
बुधवार, वैशाख ३, २०८२