२०८१ कार्तिक ३०, शुक्रवार , ०९:५८:०५ बजे

Sajhamanch
'

जन्मजात अपाङ्गता भएका बालबालिका पहिचान सम्बन्धी शिवसताक्षीमा अभिमुखीकरण

बिहिवार, कार्तिक २९, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा नवजात शिशुको जन्मजात अपाङ्गता पहिचान र त्यसको व्यवस्थापन सम्बन्धी अभिमुखीकरण गरिएको छ ।

शिवसताक्षी नगरपालिकाको आयोजना तथा करुणा फाउण्डेसनको सहकार्यमा अभिमुखीकरण गरिएको हो ।

अभिमुखकीकरणमा अपाङ्गगता भएका बालबालिकाहरुलाई कसरी पहिचान गर्ने, पहिचान भएका अपाङ्गतालाई कसरी यकिन गर्ने, अपाङ्गताको पहिचान र मूल्याङ्कनको कसरी अभिलेख राख्ने लगायतका विषयमा अभिमुखीकरण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

अभिमुखीकरण कार्यक्रमका अध्यक्ष तथा शिवसताक्षी नगरपालिकाका उपप्रमुख नरमाया कार्कीले नगर भित्र पनि अपाङ्गगता भएका बालबालिकाहरु रहेको तर पहिचान नभएका धेरै रहेको बताइन् ।

करुणा फाउण्डेशन मार्फत गरिएको कार्यक्रमबाट अपाङ्गता भएका बालबालिकाहरुलाई पहिचान गर्न सहज हुने र राज्यले दिने सुविधाहरु बालबालिकासम्म पुर्याउन सकिने जानकारी दिइन् ।

अभिमुखीकरण कार्यक्रम दुई चरण गरेर चार दिन गरिएको करुणा फाउण्डेसन नेपालका पालिका संयोजक सुरेन्द्र गिरीले जानकारी दिए ।

अपाङ्गता भएका बालबालिकाहरु पहिचानलाई शिवसताक्षी नगरपालिका भित्रका स्वास्थ्यकर्मीहरुलाई सहभागी गराई अभिमुखीकरण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । अभिमुखीकरणमा डा. नविन उराउले सहजीकरण गरेका थिए ।

अभिमुखीकरण शिवसताक्षी नगरपालिका, करुणा फाउण्डेसन र कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको साझोदारीमा भएको थियो । कार्यक्रमको सञ्चालन शिवसताक्षी नगरपालिका फोकल पर्सन निर्मला सिग्देलले गरेकी थिइन् ।

सम्बन्धित खबर