२०८१ कार्तिक ३०, शुक्रवार , ११:४२:१० बजे

Sajhamanch
'

बेलायतमा नयाँ कोइला खानी खोल्न प्रतिबन्ध लगाउने तयारी

शुक्रवार, कार्तिक ३०, २०८१

बेलायतले नयाँ कोइला खानीहरूमा प्रतिबन्ध लगाउने कानून ल्याउने घोषणा गरेको छ । बेलायतलाई स्वच्छ ऊर्जाको अग्रणी बनाउने सरकारको योजनाअनुसार कोइला खानी प्रतिबन्ध लगाउने तयारी भएको हो ।जलवायु परिवर्तनको सामना गर्न महत्त्वपूर्ण कदम भन्दै चाँडै नयाँ कोइला खानीहरूको भविष्यको इजाजतपत्र प्रतिबन्धित गर्न नयाँ कानून ल्याउने बेलायती सरकारले घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

यसअघि गएको अक्टोबरमा कोइलाबाट चल्ने पावर स्टेशन रेटक्लिफ–अन–सोअर बन्द भएको थियो । योसँगै अब बेलायतमा कोइलाबाट चल्ने कुनै पनि आयोजना बाँकी छैनन् । यसले बेलायतलाई बिजुलीका लागि जीवाश्म इन्धनमा निर्भरता अन्त्य गर्ने पहिलो जी ७ देश बनाएको छ ।

सन् २०१२ मा बेलायतको बिजुली आपूर्तिको झण्डै ४० प्रतिशत उत्पादन गर्ने कोइला अहिले शून्य प्रतिशतमा पुगेको खबरमा उल्लेख छ । बेलायतले सन् २०३५ सम्ममा सन् १९९० को स्तरमा हरित गृह ग्यास उत्सर्जन ८१ प्रतिशतले घटाउने लक्ष्य राखेको छ ।एजेन्सी

सम्बन्धित खबर