विराटनगर । झापा र मोरङबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कार्तिक २७ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटएको प्रहरी टोलीले चेक जाँचको क्रममा तनहुँ व्यास नगरपालिका-१० का २८ बर्षीय उत्सव पौडेल, काठमाडौं टोखा नगरपालिका-३ का ४० बर्षीय अर्जुन राज पाण्डेलाई ८ ग्राम ६१० मिलिग्राम र रौतहट गरुडा नगरपालिका-५ का २१ बर्षीय रमोध राय यादवलाई ८ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने लागुऔषध नियन्त्रण व्युरो विराटनगरको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-१५ स्थितबाट सुनसरी धरान-१४ का २४ बर्षीय सुशिल भुजेललाई निषेधि औषधी लुपिजेसिक, एभिल र डाइजेपाम समेत गरी १५६ एम्पुल सहित नियन्त्रणमा लिएको छ ।
यसै गरी बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले कटहरी गाउँपालिका-१ का ४१ बर्षीय गोपाल कुमार राजबंशीलाई ५ किलोग्रा गाँजा सहित र बिराटनगर-४का ६२ बर्षीय सहरुद्दिन मियाँलाई ३ किलोग्राम गाँजा सहित उनिहरुको घरबाटै पक्राउ गरेको छ ।
लागुऔषध ब्राउन सुगर, निषेधित औषधी र गाँजा सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।