२०८१ कार्तिक २९, बिहिवार , ०१:५७:४८ बजे

Sajhamanch
'

इजरायली आक्रमणमा गाजामा ४० जना प्यालेस्टाइनीको ज्यान गयो

सोमवार, कार्तिक २६, २०८१

गाजामा इजरायली आक्रमणबाट कम्तीमा ४० जना प्यालेस्टाइनीको ज्यान गएको छ । आक्रमणबाट गाजाको उत्तरी शहर जबलियामा रहेका आवासीय भवनमा रहेका २४ जनासहित ४० जना प्यालेस्टाइनीको ज्यान गएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारी र मानव अधिकार समूहले बताएका छन् ।हिजो बिहानै इजरायली आक्रमणमा जबलियामा रहेको तीन तले भवन ध्वस्त हुँदा नजिकै रहेका घरका अरु ३० जना घाइते भएका गाजामा रहेको प्यालेस्टाइनी सेन्टर फर ह्युमन राइट्स ९पीसीएचआर० लाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

इजरायली सेनाले जबलियामा विद्रोही समूहले कब्जा गरेको ठाउँमा आक्रमण गरेको दाबी गरेको छ । उनीहरुले त्यस क्षेत्रमा रहेका इजरायली रक्षा बलका सेनाहरूलाई खतरा बनाएका रिपोर्ट आइरहेकाले आक्रमण गरेको सेनाको भनाइ छ । केही दिनदेखि गाजामा इजरायली सेनाले अस्पताल तथा विरामीको उपचार सेवामा हस्तक्षेप गर्दै आइरहेको छ ।

जबलिया र वरपरका तीन अस्पतालहरू इजरायली सेनाले धेरै हप्तादेखि घेरामा परेर खाना, चिकित्सा र इन्धन आपूर्तिमा रोक लगाएका छन् । तर अस्पतालका अधिकारीहरूले उपचार सेवा बन्द गर्न सेनाले दिएको निर्देशनलाई अस्वीकार गर्दै उपलब्ध श्रोत साधनले बिरामीको उपचार गरिरहेका खबरमा उल्लेख छ । एजेन्सी

सम्बन्धित खबर