२०८१ कार्तिक २९, बिहिवार , ११:१५:१९ बजे

Sajhamanch
'

‘पूर्ण बहादुरको सारङ्गी’ले बनायो रेकर्ड, एकै दिन कमायो ३ करोड ८९ लाख

सोमवार, कार्तिक २६, २०८१

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली चलचित्रको इतिहासमा नयाँ रेकर्ड बनाएको छ । यो एकै दिनमा सबैभन्दा धरै कमाउने चलचित्र बनेको छ ।

शनिबार यो चलचित्रले तीन करोड ८९ लाख ग्रसकलेक्सन गरेको छ । शुक्रबार दुई करोड ९९ लाख ग्रसकलेक्सन गरेको निर्माणपक्षले जनाएको छ ।एकै दिन यति धेरै ग्रसकलेक्सन गर्ने यो पहिलो चलचित्र बनेको छ । यसअघि ‘पशुपतिप्रसाद–२ स् भष्मे डन’ले एक दिनमा २ करोड २५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । उक्त रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’ले तोडेको हो ।प्रदर्शन भएको १० दिनमा यो चलचित्रले १७ करोड ९८ लाख ग्रसकलेक्सन गरेको छ ।

लक्ष्मिपूजाका दिन रिलिज भएको यो चलचित्रले सर्वाधिक धेरै शो पाउने चलचित्रको पनि रेकर्ड बनाएको छ । एकै दिन यो चलचित्रले ९८ हलमा ४६५ भन्दा धेरै शो पाएको थियो ।सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।‘पूर्ण बहादुरको सारङ्गी’ले गन्धर्व समुदायको कथा भन्छ । छोराको प्रगतिका लागि बाबुले गर्ने संघर्ष नै यो सिनेमाको मुख्य कथा हो ।

सम्बन्धित खबर