२०८१ मंसिर १९, बुधवार , १०:३१:५४ बजे

Sajhamanch
'

ग्रामी अवार्डमा सर्वाधिक मनोनयन हुँदै बियोन्सेले रचिन् इतिहास

आइतवार, कार्तिक २५, २०८१

काठमाडौं । विश्व संगीतको सबैभन्दा प्रतिष्ठित अवार्ड ग्रामीका लागि मनोनयन घोषणा गरिएको छ । पपस्टार बियोन्से ११ मनोनयनका साथ शीर्ष स्थानमा छिन् । रेकर्डिङ एकेडेमीले शनिबार ६७ औं ग्रामी पुरस्कार मनोनयन सार्वजनिक गरेको हो ।बियोन्से पहिलो नम्बरमा छन् भने बिली इलिश, चार्ली एक्ससीएक्स, केन्ड्रिक लामार र पोस्ट मालोन जस्ता हस्ती दोस्रो स्थानमा छन् । यो मनोनयनसँगै बियोन्से सर्वाधिक पटक ग्रामी मनोनयन हुने संगीतकर्मी बनेकी छन् ।

बियोन्सेले करिअरमा ३२ ग्रामी जितेकी छन् । एल्बम ‘काउब्वाय कार्टर’बाट बियोन्से मनोनयन भएकी हुन् । ’एल्बम अफ द इयर’, ’रेकर्ड अफ द इयर’ र ’सङ्ग अफ द इयर’ जस्ता विधामा उनी मनोनित छिन् । बियोन्सेले पप, र्‍याप, कन्ट्री र अमेरिकाना जस्ता विधामा समेत मनोनयन प्राप्त गरेकी छिन् ।कन्ट्री र अमेरिकाना विधामा उनको यो पहिलो मनोनयन हो । यदि बियोन्सेले सर्वश्रेष्ठ एल्बम विधामा जित हासिल गरिन् भने उनी २१ औं शताब्दीमा यो विधा जित्ने पहिलो अश्वेत गायिका हुनेछिन् । सन् १९९९ मा लाउरिन हिलले ‘द मिसएजुकेसन अफ लाउरेन हिल’को लागि पछिल्लोपटक यो विधा जितेकी थिइन् ।टेलर स्विफ्टसहित पहिलोपटक सबरिना कार्पेन्टर र च्यापेल रोनले समान ६-६ विधामा मनोनित छन् ।

स्ट्रिमिङ प्लाटफर्ममा पछिल्लो समय लोकप्रिय के-पप र ल्याटिन जनराका गीत भने यसपटक मनोनयन हुन सकेनन् । यसवर्ष गीत रिलिज गरेपनि बीटीएसका गायकका कुनै पनि गीत छनोट भएनन् । यसवर्ष बीटीएसका सदस्यले एक्लाएक्लै गीत ल्याएका थिए जसमा आरएमको ‘राइट प्लेस, रङ् पर्सन’, जे-होपको ‘होप अन द स्ट्रिट, भोल्युम वन’, जिमिनको ‘म्युज’ छन् ।

सन् २०२५ को ग्रामी अवार्ड २ फ्रेबुअरीमा लस एन्जलसमा आयोजना हुँदैछ ।

सम्बन्धित खबर