२०८१ कार्तिक १९, सोमवार , १२:४९:२३ बजे

Sajhamanch
'

प्रदेश राज्यमन्त्री राजवंशी भद्रपुरमा सम्मानित

सोमवार, कार्तिक १९, २०८१

भद्रपुर । कोशी प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री भूमिप्रसाद राजवंशीलाई गृह क्षेत्र भद्रपुरमा सम्मान गरिएको छ ।

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गृहक्षेत्र भद्रपुरमा पहिलो पटक नेपाल ख्रिष्टियन समाज झापा ३ नम्बर क्षेत्रीय समितिले राज्यमन्त्री राजवंशीको कार्य सफलताको कामना गर्दै आज सोमबार सम्मान गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री राजवंशीले सबै जाति, धर्म र संस्कृतिको सहअस्तित्व नै वर्तमान राज्य व्यवस्थाको मूल विशेषता रहेको बताउँदै कही कसैले विभेद र अन्याय सहनु नपर्ने धारणा राखेका थिए ।

सम्बन्धित खबर