आज बिहीबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको हो । नयाँ मूल्य रात १२ बजेदेखि लागू हुने छ ।
अब चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १४७ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १४९ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा १५० रुपैयाँ पर्नेछ ।
पेट्रोल, एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने हेरफेर गरिएको छैन ।