२०८१ मंसिर ७, शुक्रवार , ११:५८:१७ बजे

Sajhamanch
'

इटाभट्टामा एनएमसीको बेर्ना बैंक सञ्चालन

शुक्रवार, कार्तिक ९, २०८१

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित एग्रो फार्मले इटाभट्टामा विभिन्न प्रकारका फलफूल तथा तरकारीको बिरुवा उपलब्ध हुने गरी बेर्ना बैंक सञ्चालनमा ल्याएको छ ।

मेचीनगर–१४, दुहागढीमा करिब १६ बिगाहा क्षेत्रफलमा २६ करोड लगानीमा सञ्चालनमा रहेको एनएमसी एग्रो फार्मको वितरण केन्द्रको रुपमा इटाभट्टास्थित एनएमसी डेरीको पूर्वपट्टी उक्त बेर्ना बैंक सञ्चालनमा ल्याइएको हो ।

२०८१ साल असोज १ गतेदेखि बिक्री वितरण सुरु गरेको बेर्ना बैंकमा कागती, फुलकोपी, बैगुन, टमाटर, बन्दाकोपी, खुर्सानी, केप्सीकम लगायतका तरकारीका बिरुवा उपलब्ध छन् । आँप, लिच्ची, अनार, नरिवल, सुपारी, अमला, अम्बा, एभोकाडो, ड्रागन फ्रुट, एप्पल बयर, कटहर आदि फलफूलका बिरुवाहरु पनि वितरण केन्द्रमा राखिएका छन् ।

उक्त वितरण केन्द्रमा विषादी रहित गोबर मलसमेत उपलब्ध रहेको कुरा एनएमसी एग्रो फार्मका व्यवसाय प्रमुख चेतन शर्मा पौडेलले जानकारी दिएका छन् ।

हप्ताको सातैदिन बिहान ७ः३० बजेदेखि बेलुका ५ः३० बजेसम्म खुला रहने बेर्ना बैंकको सञ्चालनले कृषक तथा सदस्यहरुलाई बिरुवा तथा मल खरिदमा सजिलो हुने एग्रो फार्मले विश्वास लिएको जनाइएको छ ।

सम्बन्धित खबर