२०८१ कार्तिक २, शुक्रवार , ०८:२८:५७ बजे

Sajhamanch
'

यी प्रदेशमा हुनेछ आज बदली र वर्षा

बिहिवार, कार्तिक १, २०८१

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । केही स्थानमा बदली हुँदा केही भू–भागमा वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान मधेस, लुम्बिनी प्र्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

गण्डकी प्रदेशका थोरै स्थानमा तथा कोसी, वाग्मती, कर्णाली र सुदूरपिश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार राति कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

सम्बन्धित खबर