२०८२ पौष २८ सोमवार , ०६:५१:५७ बजे

Sajhamanch
'

कोशी, बाग्मती र गण्डकी प्रदेशका विभिन्न ठाउँमा वर्षा

बिहिवार, असोज १७, २०८१

काठमाण्डौ । कोशी, बाग्मती र गण्डकी प्रदेशका विभिन्न ठाउँमा वर्षा भएको छ । इलाम, झापा, मोरङ, काठमाण्डौ, म्याग्दी लगायतका ठाउँमा पानी परेको हो ।

झापाको अनरमनी बिरता, शनिश्चरे, बाहुनडाङ्गी, इलामको कन्याम टिस्टेट, बरफल्याङ, पाँचथरको फिदिम, मोरङको बाहुने र आसपास सामान्यदेखि मध्यम वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यी क्षेत्रहरू भई बहने कन्काइ नदी, हेवा खोला, पूवा खोला, माई खोला, अदुबा खोला, बाहुने खोला लगायत अन्य स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने रहेकाले नदी तटीय क्षेत्रमा बस्नेहरुलाई सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

सम्बन्धित खबर

यस्तो रहनेछ आजको मौसम
आइतवार, पौष २७, २०८२
आजको मौसम
सोमवार, पौष २१, २०८२