२०८१ असोज ४, शुक्रवार , ०७:२०:४९ बजे

Sajhamanch
'

इजरायल र लेबनानबीच ठूलो युद्धको सम्भावना बढ्यो

शुक्रवार, असोज ४, २०८१

लेबनानमा रहेको विद्रोही समूह हिजबुल्लाहले पेजर र वाकीटकी विष्फोटले आफ्नो समूहलाई शक्तिशाली धक्का लागेको प्रतिक्रिया दिएको छ । यो घटनाले इजरायल र लेबनानबीच ठूलो र घातक युद्धको सम्भावना बढेको हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहले बताउएको बीबीसीले जनाएको छ ।लेबनानलाई आतङ्कित बनाउने पटक पटकको आक्रमणपछि नसरल्लाहले आक्रामक भएर प्रतिशोधको चेतावनीसमेत दिए । ३७ जना हिजबुल्लाहका सदस्यको ज्यान जानेगरी इजरायलले नै पेजर र वाकीटकी विष्फोट गराएको हिजबुल्लाहको आरोप छ ।

यो घटनामा ३ हजार ५ सयभन्दा धेरै मानिस घाइते भएका छन् । इजरायलले लेबनानको राजधानी बेरुतसहितका ठाउँमा बम आक्रमण गर्न थालिसकेको छ भने हिजबुल्लाहले पनि निरन्तर रकेट प्रहार गर्न थालेको छ । गाजामा युद्धविराम नभएसम्म इजरायलविरुद्ध हिजबुल्लाहले लडाइँ जारी राख्ने जनाएको छ ।

सम्बन्धित खबर