२०८२ कार्तिक २९, शुक्रवार , ११:१५:२६ बजे

Sajhamanch
'

आजको मौसम

मङ्गलवार, असोज १, २०८१

काठमाडौं । देशका केही भूभागमा आज बिहान वर्षा भइरहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कोशी र बागमती प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाअनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी प्रदेशका तराई भूभाग तथा मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ। सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित खबर

यस्तो रहनेछ आजको मौसम
शुक्रवार, कार्तिक २९, २०८२
आज देशभरको मौसम सफा रहने
बिहिवार, कार्तिक २८, २०८२
आज यस्तो रहनेछ मौसम
बुधवार, कार्तिक २७, २०८२