२०८१ असोज ३, बिहिवार , ०५:३४:५६ बजे

Sajhamanch
'

अपांगता भएकाहरुलाई राज्यले सहयोगीको व्यवस्था गर्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल

सोमवार, भदौ ३१, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अपांंगता भएका व्यक्तिलाई राज्यले सहयोगी उपलब्ध गराउन आवश्यक रहेको बताएका छन् ।

सोमवार कोरियाली सरकारको सहयोगमा अपांगता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध गराउने कार्यक्रममा बोदै उनले सो कुरा बताएका हुन् । मन्त्री पौडेलले अपांगता भएका व्यक्तिलाई सहयोगी चाहिन्छ भन्ने कुरा राज्यलाई स्वीकार गराउन आफूहरुले पहल गरिरहेको पनि बताए ।

घर परिवारले मात्रै उनीहरुलाई सहयोगीको रुपमा सधैँ काम गर्न सकिने अवस्था नरहेकाले पनि राज्यले स्रोत सुनिश्चित गरेर उनीहरुका लागि सहयोगी उपलब्ध गराउनुपर्ने उनको भनाई थियो ।

मन्त्री पौडेलले अपांगतामैत्री भौतिक पूर्वाधारका निर्माणका लागि नीतिगत व्यवस्था अनिवार्य लागू गराउन जरुरी रहेको पनि बताए । मन्त्री पौडेलले सरकारले अपांगता भएका व्यक्तिहरुका लागि आवश्यक सहायता उपलब्ध गराउने कार्यका लागि स्रोतको खोजी गरिरहेको पनि बताए ।