२०८१ कार्तिक २९, बिहिवार , ०१:१५:३३ बजे

Sajhamanch
'

दमकमा गर्भिणी गाई चोरी गरेर मासु खाएको आरोपमा चारजना पक्राउ

आइतवार, भदौ २३, २०८१

झापा । झापाको दमकमा गर्भिणी गाईको मासु खाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

२ महिनाको गर्भिणी गाई चोरी गरेर काटेर खाएको उनीहरुलाई आरोप लागेको छ । दमकस्थित बेलडाँगी शिविरमा बस्दै आएका भुटानी शरणार्थी प्रेमबहादुर बिष्ट, खगेन्द्र दुलाल, विधान थापा र दमक नगरपालिका वडा नं. ४ का गीता श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

गाई हत्याको अभियोगमा पक्राउ परेका दमक नगरपालिका वडा नं. २ बेलडाँगी स्थित भुटानी शरणार्थी शिविर क्याम्प नम्बर २ छाप्रो नम्बर ३३२ बस्ने वर्ष ४४ को प्रेमबहादुर बिष्ट यसअघि पनि विभिन्न समयमा चोरी, डाका र सार्वजनिक अपराधका घटनामा संलग्न भएको प्रहरीले जनाएको छ ।

अर्का आरोपित दमक नगरपालिका ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नम्बर ३ छाप्रो नम्बर A3 २०८ बस्ने बस्ने वर्ष ३८ को खगेन्द्र दुलाल पनि यसअघि जिल्ला प्रहरी कार्यालय झापाबाट जबरजस्ती करणी मुद्धा र इलाका प्रहरी कार्यालय दमकबाट पशुपंक्षी सम्बन्धी कसुरमा मुद्दा दर्ता भई कार्वाही भएको व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी दमक नगरपालिका ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. ३ छाप्रो नम्बर A2 १२० बस्ने बस्ने वर्ष ३२ को बिधान थापासमेत यसअघि पनि इलाका प्रहरी कार्यालय दमकबाट केही सार्वजनिक अपराधमा मुद्दा कार्वाही भएको प्रहरीको भनाई छ ।

गत भदौ १८ गते राति गाईको हत्या पछि खुट्टा, करङ तथा घाँटीको मासु काटी लगेर अन्य शरिरको भागमात्र घटना स्थलमा छोडेको अवस्थामा गाई फेला परेको थियो । निजहरुबाट गाईको हत्या गर्न प्रयोग गरिएको खुकुरी थान १ थान, बन्चरो १ थान र मासु बोक्न प्रयोग गरेको झोला थान १ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पशुपंक्षी सम्बन्धी कसुरमा वारदात पश्चात फरार रहेका प्रतिवादीहरुको तदारुकताका साथ खोजतलास गरी घटनामा संलग्न भएको अभियोगमा चारै जनालाई अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले भदौ १८ गते राति लक्ष्मण बिष्टको दमक नगरपालिका वडा नं. १ स्थित पानी ट्याङकी गोठमा बाँधिएको गाई चोरेर काटेर खाएको आरोप छ । उक्त गाई गोठदेखि करिब १०० मिटर पूर्वतर्फ रहेको खाली प्लटिङ जग्गामा लगेर काटिएको पाइएको प्रहरीले जनाएको छ । गाईधनीले प्रहरीमा उजुरी दिए पछि अनुसन्धानका क्रममा उनीहरूको संलग्नता पाइएको पनि प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर