२०८१ मंसिर ५, बुधवार , ०१:०८:१९ बजे

Sajhamanch
'

तीजको उपलक्ष्यमा बाल आश्रमलाई ११ हजार र खाद्यान्न सहयोग

सोमवार, भदौ १७, २०८१

बिर्तामोड । बिर्तामोडस्थित तारा नमस्ते बालआश्रमका बालबालिकालाई ६ हजार मूल्य बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गर्दै नेपाल महिला संघ बिर्तामोड ५ नम्बर वडा समितिले तीज विशेष कार्यक्रम गरेको छ ।

बाल आश्रम परिसरमा आयोजित कार्यक्रममा त्यहाँ आश्रय लिएर विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकालाई दाल, चामल लगायतका खाद्यान्न सामग्री प्रदान गरिएको हो ।

नेपाल महिला संघ बिर्तामोड ५ नम्बर वडा समितिका अध्यक्ष पार्वता बस्नेतको सभापतित्व र नेपाली काङ्ग्रेस महासमिति सदस्य सीता पौडेलको प्रमुख आतिथ्यमा खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै संघका अध्यक्ष सुष्मा पौडेलले सांस्कृतिक पर्व तीजको महत्व दर्शाउन तथा अभिभावकविहन बाल आश्रमका नानी बाबुहरुलाई अपनत्व सिर्जना गर्न यस्तो सहयोग गरिएको बताइन् ।

त्यसपछि महिला उध्यमी संघले त्यहा आस्रित बालबालिकालाई ११ हजार नगद सहयोग हस्तान्तरण गरेको थियो ।

सुष्मा पौडेलको अध्यक्षतामा सप्पन्न कार्यक्रममा आश्रमका सञ्चालक यसोदा चापागाईंलाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।

सम्बन्धित खबर