२०८१ असोज ३, बिहिवार , ०२:३२:४८ बजे

Sajhamanch
'

मोरङ र उदयपुरबाट सालकको खपेटा सहित ५ जना पक्राउ

आइतवार, भदौ २, २०८१

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका-७ र उदयपुरको बेलका नगरपालिका-३ बाट सालकको खपेटा सहित ५ जना लाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो मोरङको बेलवारीबाट पथरीतर्फ आउदै गरेको प्र.१-०२-०५२ प ११६७ नम्बरको मोटरसाईकललाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा मोटरसाईकल चालक रंगेली नगरपालिका-१ का ४५ बर्षीय गगन कुमार गच्छेदार र मोटरसाईकल पछाडी सवार सप्तरी कंञ्चनपुरका ३५ बर्षीय बासु देव सरदारले बोकेको झोला भित्रबाट ८५० ग्राम सालकको खपेटा फेला पारी दुबै जनालाई नियन्त्रणमा लिई लिईएको थियो ।

नियन्त्रणमा लिएका उनिहरुको थप अनुसन्धान गर्ने क्रममा उदयपुरको बेलका-३ रामपुर ठोक्सिला स्थित रहेको गिदेरी खोला बगरमा सोही स्थान बस्ने ४८ बर्षीय कृष्ण राज मगर, बेलका नगरपालिका-६ का ५६ बर्षीय डिक बहादुर पूर्वछाने मगर र सप्तरीका ५५ बर्षीय उमेश प्रसाद चौधरीले बा. ८२ प ८८०५ र को.११ प ७६२१ नम्बरको २ वटा मोटरसाईकलमा ३ केजि ७१२ ग्राम सालकको खपेटा ल्याउदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।

सम्बन्धित खबर