२०८२ कार्तिक २९, शुक्रवार , ०२:२३:०० बजे

Sajhamanch
'

तीन प्रदेशमा आज राति भारी वर्षा हुने

आइतवार, भदौ २, २०८१

काठमाडौं । देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

राति सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

सम्बन्धित खबर

आज देशभरको मौसम सफा रहने
बिहिवार, कार्तिक २८, २०८२
आज यस्तो रहनेछ मौसम
बुधवार, कार्तिक २७, २०८२
आज यस्तो रहनेछ मौसम
मङ्गलवार, कार्तिक २६, २०८२