२०८२ वैशाख २९, सोमवार , ०६:०४:५१ बजे

Sajhamanch
'

सोलुखुम्बु हिमपहिरो : करिब २० घर पुरिएको आशंका

शुक्रवार, साउन ३२, २०८१

काठमाडौं । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका– ४ थामेगाउँमा गएको हिमपहिरोले करिब २० घरमा क्षति पुर्‍याएको छ ।

शुक्रबार दिउँसो १ बजेर ४५ मिनेटको समयमा हिमपहिरो जाँदा दुधकोशी नदीमा भीषण बाढी आएको छ ।

हिमपहिरो गएको खबर प्राप्त हुनासाथ नेपाली सेनाको उद्धार टोली परिचालित भई प्रभावित इलाकाबाट ६ जनाको उद्धार कार्य गरेको थियो ।

नेपाली सेनाका अनुसार हालसम्म कुनै पनि मानवीय क्षतिको विवरण प्राप्त भएको छैन ।

शुक्रवार, साउन ३२, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर