२०८२ वैशाख २९, सोमवार , ०५:३२:०८ बजे

Sajhamanch
'

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

शुक्रवार, साउन ३२, २०८१

कैलाली । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

कैलारी गाउँपालिका-५ बैजपुर नजिक हुलाकी सडकमा से ६ प ३३३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पदैलयात्री सोही गाउँपालिका-२ बस्ने ५५ वर्षीया पार्वती चौधरीको बिहीबार राती मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल हुँदै निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

शुक्रवार, साउन ३२, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर