२०८१ मंसिर १५, शनिवार , ०२:४०:३२ बजे

Sajhamanch
'

ईपीएसको हवाई टिकटमा वार्षिक ११५ करोड रुपैयाँ अपचलन भइरहेको छ : पूर्वमन्त्री अर्याल

शुक्रवार, साउन ३२, २०८१

काठमाडौं । पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले ईपीएसमार्फत कोरिया जाने श्रमिकको टिकटको नाममा ठगी भइरहेको बताएका छन् ।

संसद्को उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता समितिको बैठकमा बोल्दै अर्यालले ईपीएसमार्फत कोरिया जाने श्रमिकको हवाई टिकटको नाममा वार्षिक ११५ करोड रुपैयाँ अपचलन भइरहेको बताए । एक जना श्रमिकबाट हवाई टिकटको नाममा आधाभन्दा बढी पैसा लिने गरेको उनले बताए ।

‘४ देखि ५०० डलरमा पठाउन सकिन्छ । तर अहिले ८९५ डलर तिरेर श्रमिक जान बाध्य छन्। यसले वार्षिक ११५ करोड रुपैयाँ श्रमिकको रकम अपचलन भइरहेको छ,’ अर्यालले भने ।

सरकारले कोरियन सरकारले नै सिधा उडान मार्फत मात्रै कामदार लैजानुपर्ने सर्त राखेको जनाइएको छ । जसले गर्दा हरेक वर्ष कोरियन एयरलाइन्सले ईपीएस मार्फत कोरिया जाने श्रमिकलाई लैजाने गरेको छ ।

तर, अर्यालले भने कोरियाले त्यस्तो कुनै सर्त नराखेको बताए । कोरियासँग कोभिडपछि गरिएको सहमतिमा बिहान ११ बजेभन्दा अगाडि कोरिया आइपुग्ने गरी कामदार पठाउन अनुरोध गरिएको उनले बताए ।

‘यही एयरलाइन्सबाट मात्रै ल्याउनुपर्ने भन्ने कहीँ सम्झौता छैन । कोरियाले बिहान ११ बजेअघि नै कामदार आइदियो भने सजिलो हुन्छ भन्ने मात्रै रहेछ । त्यो बाहेक केही छैन,’ उनले भने ।

सम्बन्धित खबर