२०८१ पौष २६, शुक्रवार , ०२:४२:०० बजे

Sajhamanch
'

युवा व्यवसायी कार्की वाणिज्य संघको सदस्यमा मनोनित

मङ्गलवार, साउन २९, २०८१

बिर्तामोड । बिर्तामोड उध्योग वाणिज्य संघले उद्योग तथा व्यावसाय महासंघ झापाका अध्यक्ष पर्वत कार्कीलाई कार्यसमिति सदस्यमा मनोनयन गरेको छ ।

संघका अध्यक्ष राजु न्यौपानेले आज कार्कीलाई सदस्य पदमा मनोनयन गरेको पत्र पठाएका हुन् । संघको विधान २०७३ परिच्छेद ५ दफा १३ को उपदफा घ मा ब्यवस्था भएअनुसार कार्कीलाई सदस्यमा मनोनयन गरिएको पत्रमा उल्लेख छ ।

यसैगरी संघले पूर्वअध्यक्ष राजेन्द्र थापा, मोहन मित्तल, विनोद बस्नेत, मनबहादुर पाइम र कमला विकलाई सल्लाहकार सदस्यमा मनोनयन गरेको छ ।

आज अपरान्ह वाणिज्य संघमा आयोजित विशेष कार्यक्रममा सदस्यमा मनोनयन गरिएका कार्कीलाई सपथग्रहण गराइएको जनाइएको छ ।

सम्बन्धित खबर