२०८१ मंसिर १२, बुधवार , १०:५४:०२ बजे

Sajhamanch
'

वीरता लेडी जेसीजको आयोजनामा विद्यार्थीलाई साइवर क्राइम सचेतना

मङ्गलवार, साउन २९, २०८१

बिर्तामोड । वीरता लेडी जेसीजले विद्यार्थीहरूका लागि साइबर क्राइम सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ । बिर्तामोडस्थित न्युटन्स एकाडेमीमा लेडी जेसीजले सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

सो विद्यालयमा कक्षा १२ मा अध्ययनरत व्यवस्थापन संकायका विद्यार्थीलाई सचेत गराउने उद्देश्य राखेर कार्यक्रम आयोजना गरिएको वीरता लेडी जेसीजकी अध्यक्ष मेनुका ओलीले बताइन् ।

प्लस टुका कोर्डिनेटर केवल सापकोटाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा न्युटन्स एजुकेसन एकाडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाई र इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश बिष्ट विशेष अतिथिका रुपमा सहभागी थिए ।

सचेतना कार्यक्रममा सहभागी विद्यार्थीलाई प्रहरी निरीक्षक नरेश लिम्बूले प्रशिक्षण दिएका थिए । बढ्दो साइबर क्राइमका विषयमा विद्यालय तहबाटै सचेतना कार्यक्रम सुरु गर्नुपर्ने आवश्यकता बढ्दै गएको डीएसपी बिष्टले बताए ।

लेडी जेसीजकी पूर्व अध्यक्ष पार्वता बिमली खरेलले कार्यक्रमको औचित्य माथि प्रकाश पारेकी थिइन् । प्रियंका उप्रेतीको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा उपाध्यक्ष चन्द्रकला रिजालले आस्थावाचन गरेकी थिइन् भने महासचिव मुना ढुंगेलले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

सम्बन्धित खबर