२०८१ मंसिर १२, बुधवार , १०:१७:१४ बजे

Sajhamanch
'

भारतीय विदेश मन्त्रालयले भन्यो : मिश्रीको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धलाई अघि बढाउन थप मद्दत मिल्यो

मङ्गलवार, साउन २९, २०८१

काठमाडौं । भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीको दुई दिने नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धलाई अघि बढाउन थप मद्दत मिलेको भारतले धारणा सार्वजनिक गरेको छ ।

परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा नेपालको दुई दिने भ्रमण सकेर हिजो बेलुका स्वदेश फर्किएपछि भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी विदेश सचिवको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै द्विपक्षीय सम्बन्धलाई अघि बढाउन मद्दत गरेको उल्लेख गरेको हो ।

मिश्रीले औपचारिक भ्रमणमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री प्रकाशमान सिंह, विभिन्न मन्त्री एवम् सचिवहरुसँग भेटवार्ता गरेका थिए।

भारतीय विदेश सचिवको भ्रमणका क्रममा नेपाल–भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्ध गराउन माग गरिएको छ । साथै परराष्ट्र मन्त्री डा. आरजु राणाले पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउने बारेमा कुरा उठाएकी छन् । व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिनुपर्ने विषयमा पनि द्विपक्षीय कुराकानी भएको छ । विदेश सचिव मिश्री गएराति स्वदेश फर्किएका छन् ।

सम्बन्धित खबर