२०८२ कार्तिक २९, शुक्रवार , ०१:०८:५३ बजे

Sajhamanch
'

चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

सोमवार, साउन २८, २०८१

काठमाडौं । देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी र बागमती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो सातवटै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

सम्बन्धित खबर

यस्तो रहनेछ आजको मौसम
शुक्रवार, कार्तिक २९, २०८२
आज देशभरको मौसम सफा रहने
बिहिवार, कार्तिक २८, २०८२
आज यस्तो रहनेछ मौसम
बुधवार, कार्तिक २७, २०८२