२०८१ मंसिर ११, मङ्गलवार , ०८:०९:०३ बजे

Sajhamanch
'

१५ दिनको अन्तरालमा दोस्रो हवाई दुर्घटना, २३ जनाको मृत्यु

बुधवार, साउन २३, २०८१

काठमाडौँ । साउन ९ गते सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको १५ दिनको अन्तरालमा नेपाली आकाशमा अर्को हवाई दुर्घटना भएको छ ।

बुधबार काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुर गाउँपालिकास्थित सूर्यचौरमा दुर्घटनाग्रस्त हुन पुगेको हो । हेलिकप्टरमा सवार पाइलटसहित ५ जनाको यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

यसअघि यही साउन ९ गते काठमाडौँबाट पोखरा उड्न लागेको सौर्य एयरलाइन्सको बम्बार्डियर जहाज उडान भर्ने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । जुन दुर्घटनामा १८ जनाको (पाइलट बाहेक) मृत्यु हुन पुगेको थियो । योसँगै १५ दिनमा हवाई दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २३ पुगेको छ ।

सम्बन्धित खबर