विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलो पटक ट्राफिक लाइट जडान भएको छ । विराटनगरको बरगाछी चोकमा ट्राफिक लाइट जडान भएको हो ।
सडकको ट्राफिक व्यवस्थापनका लागि प्रदेश सरकारको बजेटमा जडान भएको ट्राफिक लाइटको कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले उद्घाटन गरे ।
ट्राफिक लाइटको उद्घाटन गर्दै मन्त्री विराटनगरमा हुने सवारी दुर्घटना न्यूनिकरण हुने बताए । विराटनगरको बरगाछी अत्याधिक दुर्घटना हुने क्षेत्रमा पर्छ । चोकमा जडान भएको ट्राफिक लाइटको व्यवस्थापन ट्राफिक प्रहरी कार्यालय मोरङले गर्नेछ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरिक्षक सुमन न्यौपानेले ट्राफिक नियमको पालनाका लागि केही समय लाग्ने उनले बताए ।