२०८२ कार्तिक २८, बिहिवार , ०६:०४:३६ बजे

Sajhamanch
'

चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । तीन प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ।आंशिकदेखि साधारणतया बदली रहँदा गण्डकी प्रदेशको थोरै तथा कोशी र बागमती प्रदेशका एकदुई स्थानमा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा मधेश प्रदेशको थोरै भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

सम्बन्धित खबर

आज देशभरको मौसम सफा रहने
बिहिवार, कार्तिक २८, २०८२
आज यस्तो रहनेछ मौसम
बुधवार, कार्तिक २७, २०८२
आज यस्तो रहनेछ मौसम
मङ्गलवार, कार्तिक २६, २०८२