काठमाडौं । निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल विशेष अदालत उपस्थित भएका छन्। भ्रष्टाचार मुद्दामा बयान दिन उनी विशेष अदालत पुगेका हुन् । उनको बयान भइरहेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहितको इजलासमा बयान चलिरहेको छ। बयान सकिएपछि उनी आजै धरौटीमा छुट्ने छन्।