काठमाडौं । गएराति भारी वर्षा हुँदा काठमाडौं उपत्यकाका नदीमा जलसतह बढेको छ। जल तथा मौसम विज्ञान विभागअनुसार काठमाडौं उपत्यकाको सुन्दरीजल, कपन, नैकाप, बबरमहल र आसपास भारी वर्षा भएको छ।बागमती नदीको खोकना जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरको छ। जलसतह बढ्दो क्रममा रहेकाले नदीको सतर्कता अपनाउन तटीय क्षेत्रमा बस्नेहरूलाई विभागले सुझाव दिएको छ ।बागमती, विष्णुमती, धोबीखोलालगायतमा जलसतह सतर्कता तह आसपास छ। नदी तटीय क्षेत्रमा बस्ने र यात्रा गर्नेहरूलाई बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले सुझाव दिएको छ।
विभागले सिन्धुपाल्चोकको भोताङ, मानेखर्क, बाँसखर्क, बौनेपाटी, मेलम्ची घ्याङ, तार्के घ्याङ, ढुंगे, गोबरे, नवलपुर र दुवाचौर लगायत स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको जानकारी दिएको छ।थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बग्ने मेलम्ची, इन्द्रावती, बलेफी नदी र यसका सहायक नदीमा आकस्मिक बाढीको जोखिम छ। डुबान तथा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउनसमेत विभागले आग्रह गरेको छ