२०८१ कार्तिक २, शुक्रवार , १०:०१:३६ बजे

Sajhamanch
'

बङ्गलादेशबाट १२०० भन्दा धेरै विद्यार्थी स्वदेश फर्किए

सोमवार, साउन ७, २०८१

काठमाडौं । बङ्गलादेशमा सरकारी आरक्षण कोटाको विरोधमा भएको आन्दोलन हिंसात्मक हुन थालेपछि नेपाली विद्यार्थी धमाधम स्वदेश फर्कन थालेका छन् ।

अहिलेसम्म १२०० भन्दा धेरै नेपाली स्वदेश आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार अस्ति शनिवारसम्म ८०० र हिजो ४२० गरी अहिलेसम्म १२ सय २० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् ।हिजो मात्र हवाईमार्गबाट ११५ र ३०५ जना काँकडभिट्टा नाका हुँदै स्वदेश फर्किएका मन्त्रालयले जनाएको छ ।

उत्तरी बङ्गलादेशको विभिन्न मेडिकल कलेजमा पढ्ने नेपाली विद्यार्थीहरु नजिकको दूरी भएकाले काँकडभिट्टाबाट स्वदेश फर्किरहेका हुन् । थप एक हजार सातसय विद्यार्थी दूतावासको सम्पर्कमा रहेका र अरु केही विद्यार्थी सम्पर्कमा आइरहेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार बङ्गलादेशमा झण्डै तीन हजार नेपाली विद्यार्थी अध्ययनरत छन् । परराष्ट्र मन्त्रालयले स्वदेश फर्कन चाहने विद्यार्थीको सहजीकरण गरिरहेको छ । मन्त्रालयले बङ्गलादेशको राजधानी ढाकामा रहेको नेपाली दूतावासलाई नेपाली विद्यार्थीको सुरक्षित वातावरण तथा नेपाल फर्कन चाहनेका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले समस्यामा परेका विद्यार्थी तथा अभिभावक एवम् आफन्तका लागि आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि इमेल वा फोन नम्बरमा सम्पर्क गर्न एवम् अनलाइन फाराम भर्न अनुरोध गरेको छ ।

सम्बन्धित खबर