२०८१ पौष ७, आइतवार , ०९:३८:५६ बजे

Sajhamanch
'

शेयर बजार ६१ अङ्कले बढ्यो, १५ अर्ब २३ करोड रुपैयाँको कारोबार

आइतवार, साउन ६, २०८१

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६१ दशमलव ६१ अङ्कले बढेर २ हजार ४८५ दशमलव ९४ विन्दुमा पुगेको छ ।

नेप्से झन्डै २८ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि २०७८ साल चैत २२ गते साढे ४६ अङ्कले घटेर २ हजार ४५२ विन्दुमा झरेको नेप्से त्यसयता यो विन्दुमा पुग्न सकेको थिएन ।

आज सबै समूहको शेयर बढेकोमा होटल, व्यापार, उत्पादन, बीमा, माइक्रोफाइनान्स, विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज युनाइटेड मोदी हाइड्रोपावर, समता घरेलु लघुवित्त, हिमालयन बैंकको शेयर १० प्रतिशतले बढेको छ । यस्तै ६ वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन सिकलेस हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज ३१५ वटा कम्पनीका ४ करोड ११ लाख कित्ता शेयर १५ अर्ब २३ करोड ८२ लाख रुपैयाँमा कारोबार भएको छ ।

आइतवार, साउन ६, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर