२०८१ कार्तिक २, शुक्रवार , ०६:२०:३७ बजे

Sajhamanch
'

सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो

शुक्रवार, साउन ४, २०८१

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार घटेर तोलामा १ लाख ४७ हजार ५०० रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४६ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैबीच चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ८६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार घटेर १ हजार ८३० रुपैयाँमा कारोबार भएको हो ।

शुक्रवार, साउन ४, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर