२०८१ कार्तिक २, शुक्रवार , ०९:०९:४० बजे

Sajhamanch
'

वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको निधन

बिहिवार, साउन ३, २०८१

काठमाडौं । द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ।

ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा ९१ वर्षीया उनको बिहीबार निधन भएको होटल संघका अध्यक्ष विनायक शाहले बताए।

‘निमोनिया र बाथरोगबाट पीडित उहाँ केही सातादेखि उपचाररत हुनुहुन्थ्यो,’ शाहले भने। अम्बिकालाई नेपालको सक्रिय महिला उद्यमीका रूपमा चिनिन्छ।

सन् १९९१ मा श्रीमानको निधन भएपछि उनले सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। उनका दुई छोरी छन् श्रीमान् र छोराको निधन भइसकेको छ।

सम्बन्धित खबर