२०८१ कार्तिक २, शुक्रवार , ०९:२७:३४ बजे

Sajhamanch
'

घट्यो सुनको भाउ

बिहिवार, साउन ३, २०८१

काठमाडौं । सुनको मूल्य घटेको छ। तीन दिन लगातार बढेको सुनको भाउ बिहीबार भने सामान्य घटेको हो।

बुधबार सुनको भाउ तोलामा दुई हजार रुपैयाँ बढेर प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँ पुगेको थियो। यो मूल्य नै हालसम्मकै उच्च विन्दु हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४८ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रुपैयाँ घटेको हो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १८ सय ९५ रूपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ३५ रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

बिहिवार, साउन ३, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर