२०८१ कार्तिक ३, शनिवार , ०४:३६:४० बजे

Sajhamanch
'

पूर्व प्रधानमन्त्री चन्द अस्पताल भर्ना

बुधवार, साउन २, २०८१

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्द उपचारका लागि अस्पताल भर्ना भएका छन् । स्वास्थ्य समस्या देखिएपछि उनलाई वीर अस्पताल भर्ना गरिएको हो ।

पिसाबमा सङ्क्रमण देखिएपछि परीक्षणका लागि अस्पताल पुगेका उनलाई डेङ्गु र टाइफाइड देखिएपछि बुधवार भर्ना गरिएको हो ।

राप्रपा सचिवालय सदस्य केशवप्रसाद श्रेष्ठले अस्पतालको भीभीआइपी कक्षमा चन्दको उपचार भइरहेको जानकारी दिए ।

सम्बन्धित खबर